जनता टाइम्स

२१ फाल्गुन २०७९, आईतवार १८:१२

सहिद स्मारक लिग : आर्मी र संकटा गोलरहित बराबरीमा


काठमाडौं, २१ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै आर्मी र संकटाले समान अंकसमेत बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि बराबरीमा रोकिनु परेको हो ।आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन् ।