काठमाडौं, फागुन २२। नेकपा एमाले निकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालिन मुद्धमा माओवादीहरुलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताएपछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कस्का बिरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गर्नुभएको हो ।
‘प्रचण्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नु हुन्छ, कसका बिरुद्ध ? आफैं बिरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षती पर्याप्त भएन र ?’ बडालले प्रश्न गर्नुभएको छ, ‘तपाइं सरकार चलाउनुस, राष्ट्रहित बिपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं ।’
प्रतिक्रिया दिनुहोस्