जनता टाइम्स

२२ फाल्गुन २०७९, सोमबार १६:२६

केपी ओलीको खुलासा : शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नमान्ने प्रचण्ड नै हुन


काठमाडौं, फागुन २२ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नमान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भएको खुलासा गर्नुभएको छ।

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिनुहुँदै अध्यक्ष ओलीले यस्तो खुलासा गर्नुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा द्वन्द्वकालिन मुद्दा टुग्याउन आग्रह गर्दा प्रचण्डले मान्नुभएन । कहिले के भनेर कहिले के भनेर पन्छिनु भयो ।’

उहाँले यस बिषयमा प्रचण्ड र शेरबहादर देउवालाई आफूले पटक पटक भनेको पनि बताउनु भयो । अध्यक्ष ओली भन्नुहुन्छ, ‘मैले प्रचण्ड र शेरबहादुरजीलाई पटकपटक भनें। द्वन्द्वका प्रमुख पक्ष र विपक्ष तपाईंहरु हो । यसको एउटा खाका बनाउँ । म दुवै हातका औंठा छाप गरदिन्छु भनें तर उहाँले वास्ता गर्नु भएन ।’