अधिकारीले विष वमन गरेको हुँदा पार्टीमा खास कुनै ठूलो जिम्मेवारीमा आफू नभए पनि केही कोर्न सकसक लाग्यो । हुँदाहुँदा मिसन ग्रासरुटमा कहीँ पनि अनुहार देखाउन र विचार व्यक्त गर्न पनि नपाइने छाँट पो रह्यो ।
विषादी मिसिएको भारतीय तरकारी नेपालमा आउन नदिने ओली सरकारलाई भरमार गाली र ल्याउन दिएर आफ्नै घरपरिवारको सत्यानाश गर्ने प्रचण्ड र देउपा गठबन्धन सरकारको आरती किन उतार्छिन् अधिकारी ?
नेपालमाथि भारतले गरेको नाकाबन्दीका विरुद्ध ओली सरकार दह्रो रुपमा उभियो र यसलाई असफल बनायो । तर नाकाबन्दी भन्ने लुर नभएको तपाई र तपाईको पार्टीलाई ओली विरुद्ध विष बमन गर्न अलिकति पनि लाज लाग्दैन ?
मिथिला पोखरेल
घरमा नै नियमित पत्रिका आउने भएकाले प्रायः पढिन्छ र अझ महिला लेखकले लेखेका लेखहरु रचनाहरु पढिन्छ । यही क्रममा वरिष्ठ महिला लेखक इन्द्र अधिकारीको एमालेको उल्टो यात्रा नामको लेख पढियो । उक्त लेख २०७९ फागुन १८ कान्तिपुरमा प्रकाशित छ । अधिकारीले नेकपा एमाले पार्टी र अझ अध्यक्ष ओलीका हुँदै नभएका भएभरका नकारात्मक कुराहरु अधिकारीले लेखमा लेखेकी रहिछन् । आफ्नै पार्टीका भ्रष्टाचार र देशघातमा नाम कमाएका महान् नेताको बखान गर्नुपर्नेमा त्यसो नगरी एमाले र ओली लगायत नेतामाथि अधिकारीले विष वमन गरेको हुँदा पार्टीमा खास कुनै ठूलो जिम्मेवारीमा नभए पनि केही कोर्ने सकसक लाग्यो । हुँदाहुँदा मिसन ग्रासरुटमा कहीँ पनि अनुहार देखाउन र विचार व्यक्त गर्न पनि नपाइने छाँट रहेको छ ।
पँधेरे गफ पनि लेख हुन्छ इन्द्रजी ?
पहिले पहिले वा उहिले महिला चरम पछौटेपन थियो वा यस्तो अवस्थामा महिलालाई सामन्ती समाजले रोखेको थियो । त्यस अवस्थामा अधिकांश महिलाहरु घरभन्दा अलि पर पँधेरामा पानी भर्न जाँदा वा पँधेरामा गफ गर्थे । बुहार्तन गर्दा गर्दा हैरान र लखतरान भएका कारण पँधेरो गफ गर्ने र टुसुक्क बसेर अलिअलि भए पनि आराम गर्ने मौका पाउँथे । ज्ञान र चेतना भएको भए त्यस्तै कुरा गर्थे होलान् तर आफ्नै घरका प्रायः सासु अनि ससुरा, जेठानी र द्यौरानीले आफूलाई दिएका दुःखका कारण तिनकै कुरा काटेर बस्थे ।
हुँदाहुँदा छरछिमेक र अरुहरुका कुरा मात्र काटेर बस्नका कारण कुनै रचनात्मक कुरा नगरेको भनेर आम महिलाई पँधेर्नी गफ भन्ने चलन चलेको हो । अहिले पनि इन्द्र अधिकारी जस्ता महिलाहरुमा उही पछौटे चेतना छ जस्तो लाग्यो । इन्द्र महिला हुन् र आमा हुन् भने घरको धन्धु्कारी र सज्जन सन्तानका बीच किन कुरा फरक देख्थिन् र त्यस अनुसारको व्यवहार तिनीहरु सित किन गर्दिनन् होला ।
यहाँ त कपटपूर्ण राजनीतिमा लाग्ने कारण उनी एमाले र अरु कुनै प्रतिपक्षी पार्टीका कुनै सकार देख्न सक्तिनन् ? विषादि मिसिएको भारतीय तरकारी नेपालमा आउन नदिने ओली सरकारलाई भरमार गाली र ल्याउन दिएर आफ्नै घरपरिवार र समाजको स्वास्थ्य सत्यानाश गर्ने प्रचण्ड र देउपा गठबन्धन सरकारको आरती किन उतार्छिन् अधिकारी । खम्पा बिद्रोह भएको मुस्ताङ जिल्लाको एक गाउँमा बुद्ध शिक्षा नाममा विश्वविद्यालय भनेर नेपाललाई विश्व आतंककारीको अखाडा बनाउन स्वीकृति दिन प्रचण्ड लागिपरेका छन् । मानव अधिकार कोमामा पुगेको देख्ने अधिकारी नेका र माओवादीका कारण देश नै कोमामा पुगेको नदेख्ने बुढीमाउ भइछन् ?
आफ्नै पार्टीको गुणगान गर्नु नि
इन्द्र अधिकारीले लेखमा ओलीलाई सर्वसत्तावादी, अलोकतान्त्रिक तथा प्रतिगामी भन्दै भएभरका भँडास पोखेकी रहिछन् । केही दिन अघि सरस्वती पूजा हामीले ग¥यौँ । पूजाको एक कार्यक्रममा डा. पोखरेलले सरस्वतीको वाहन हाँस किन बनाएको भन्ने गुह्य अर्थ लगाउनु भयो । उहाँका अनुसार हाँस भनेको दूध र पानीसम्म छुट्याउने विशेषता भएको प्राणी हो । अनि इन्द्र अधिकारी जस्ता पढालिखा महिला र पुरुष जसलाई सरस्वतीका पुत्रपुत्री भनिन्छ , यस्ता विवेक, बुद्धि र उच्च ज्ञान क्षेत्रका मानिसले गुहु र गोबर पनि छुट्याउन नसकेको देख्दा अचम्म लाग्यो । यसरी देशमा कहलिएका स्ता बौद्धिक महिलाले झुटमुट कुरा गर्न सुहाउँछ ? यस्तै खालका मनगढन्ते लेखलाई लेख भनेर छाप्न सुहाउँछ ? आफ्ना पार्टीका महान् अपराधीलाई देख्दै नदेख्ने अनि विरोधी र त्यसमा पनि एमाले र यसका इमान्दार नेताको खोइरो खन्नु धेरै अचम्म र उदेक हो ।
पूर्वप्रधानमन्त्री गिरिजा कोइराला सरकारले बाँँसबारी छालाजुत्ता कारखाना,हेटौडा कपडा कारखाना लगायत दर्जनौँ उद्योगहरु माटाका भाउमा बेचेको इन्द्र उल्लेख गर्दिनन् । ती उद्योगहरु चीन र रुस लगायत मित्र राष्ट्रहरुले नेपाललाई सित्तैमा दिएका थिए । टनकपुर सन्धीलाई सहमति भनेर ढाँटेर भारतलाई बेच्ने को हो ? धमिजा काण्डका नाइके को हुन् इन्द्रजी ? भष्टाचार गरे वापत ख्ुमबहादुर खड्का जेल परेका होइनन् ? विजय गच्छदार भ्रष्टाचार गरेको प्रमाणित तथ्य बाहिर आएपछि कुन दु्लोमा पसेर बसेका थिए पछि तिनलाई चोख्याउने त इन्द्रकै पार्टीका हुन् नि । आपताव आलम नामका इन्द्र अधिकारीका पार्टी नेताले १३ जना निहत्था र निर्दोष जनतालाई इटाभट्टाको चिम्नीमा जिउँदै जलाएका होइनन् ? यो कुरा किन उल्लेख गर्दिनन् इन्द्र अधिकारी ? पूर्व प्रधानमन्त्री शेरबहादुर देउपाले संसद् विघटन गरेर अध्यावधि निर्वाचन नगरी पूर्व राजा ज्ञानेन्द्रलाई जनताको प्रजातन्त्रिक अधिकार सुम्पिएका होइनन् ? यी सब आफ्ना पार्टीका महामहिम नेताको गुणगान किन गर्दिनन् इन्द्र अधिकारी ?
ओलीप्रति विषवमन, प्रचण्डको आरती
दूध पान गरी सर्प विष मात्र बहाउँछ भनेझैँ आफू सहित आफ्नै लालाबालाका हितका लागि एमाले र ओली सरकारले राम्रा काम गरे पनि इन्द्रले विष मात्र बमन गरेकी छिन् । ओली प्रधानमन्त्री हुँदाका देश र जनता हितका अनेकौँ कामहरु सर्वसत्तावादी हुन् प्रतिगामी हुन् अलोकतान्त्रिक हुन् एउटै आमा भएर तथानाम लेख्न सुहाउँछ ? ओली सरकारका पालामा भारतबाट पाइपमार्फत् नेपालमा डिजेल र पेट्रोल ल्याउँदा पौने दुई करोड वार्षिक ढुवानी खर्च जोगिएको हो । यो दक्षिण एशियामा नै बंगलादेश पछि नेपालमा मात्र सुरु भएको हो । मेलम्चीको पानी कसको पालामा आयो इन्द्रजी ।
धरहरा कसको पालमा बन्यो ? नेपालमाथि भारतले गरेको नाकाबन्दीका विरुद्ध ओली सरकार दह्रो रुपमा उभ्भियो र यसलाई असफल बनायो । तर नाकाबन्दी भन्ने लुर नभएको तपाई र तपाईको पार्टीलाई ओली विरुद्ध विष बमन गर्न अलिकति पनि लाज लाग्दैन ? विराटनगरमा भारतीय सैन्य टुकडी ओलीले नै हटाउनु भयो । बौद्ध भिक्षुणी आनी छोइङले तुइन विस्थापित गर्ने ओली सरकारलाई एक करोड निजी रुपियाँ आर्थिक गर्नु भयो । तपाईँ त भिक्षुणी होइन तपाई त आमा र हजुर्आमा पनि होला नि तपाईकै सन्ततिको भलो गरेको पनि देख्न नसक्ने तपाईँ कस्ती आमा हो ? कुमाता हुँदैनन् कुपुत्र मात्र हुन्छन् भन्थे तर मलाई अधिकारीको बेहोरा हेर्दा कुनै कुनै आमा कुमाता पनि हुन्छन् कि जस्तो लाग्न थालेको छ । आफ्नै जोर आँखा र कानले सुने देखेका सही सत्य कुरा पनि नबोल्ने र खाली फरेवी कुरा गरेको देखेर महिलाई नै सर्म हुन थालेको छ । कैकेयी र पुतना जस्ता पनि आमा हुन्छन् भन्ने कथा पढेकी थिएँ तर अहिले आएर तिनका सन्तान पनि हुँदा रहेछन् जस्तो लाग्न थालेको छ ।
पाँच हज्जार नेपाली मैले मारेकै हो र म त्यसको जिम्मा लिन्छु भनेर खुला हाँक गर्ने प्रचण्डलाई देवता सरह आरती गर्छिन् अधिकारी । यस विषयमा सर्वोच्च अदालतमा मुद्दा परिसकेको छ । राष्ट्रपतिको आश देखाएर गिरिजालाई चरम हीनताबोध गराउने, जनयुद्धका आफ्नै लडाकाहरुको सबै पारिश्रमिक आफैँ कुम्ल्याउने, छोरी,बुहारी र ज्वाइ लगायत आफन्तलाई राजकीय विभिन्न तहमा नियुक्त गर्ने प्रचण्डको अधिकारीले खुल्ला वाहवाही गरेको देख्दा लाज नै लजायो ।
इन्द्र अधिकारीले लेखमा एमाले केही नेताको नाम लिएर तिनलाई होनहार बेलुन बनाएर उडाएकी छिन् । स्व. रवीन्द्र अधिकारी बाँचेका भए तिनको पनि ओलीले बेहाल गर्ने थिए भनेकी छन् । डा. बिन्दा पाण्डेको पनि गर्नु तारिफ गरेकी छन् । गैँडाले मायाँ गर्दा र म्वाइ खाँदा अनुहार नै बिग्रन्छ । साधुले मात्र साधुको प्रशंसा गर्छ । चोरले साधुको प्रशंसा मरे पनि गर्दैन । शत्रुले गाली गरे आफूू सही छु भन्नु भन्ने पनि छ । नेका पार्टीका महिलाले मनपरी बोल्न हुँदो रहेछ हगि ? आज बोलेको कुरा अहिले नै बर्खे पानीको फोका सरह फुट्ता अलिकति पनि सरम हुन्न ।
(लेखक अनेमसंघ केन्द्रीय सदस्य तथा कोसी प्रदेश समिति सल्लाहकार हुनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस्