काठमाडौं, २३ फागुन । कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुरका चिकित्सकहरुले शल्यक्रिया गरि एक युवकको पेटबाट सिसाको बोतल निकालि दिनुभएको छ । पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे नेतृत्वको टोलीले रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको हिजो विहानै शल्यक्रिया गरि बोलत निकालिदिनुभएको हो ।
होस आइसकेपछि चिकित्सकले नुर्सादलाई भेन्टिलेटरबाट आइसीयूमा ‘सिफ्ट’ गरि सकिएको जानकारी दिनुभयो । चिकित्सकको टोलीमा डा. सुशील भुजेल, डा. विनय तिमल्सिना, एनेस्थेसियामा डा. राजेश यादव, डा अनुसा लगायत रहनुभएको थियो ।
घटना के भएको थियो ?
नुर्साद मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुख्यो । त्यसपछि उहाँका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाउनुभयो । त्यसले ठीक भएन । निकै पीडा हुन थालेपछि नुर्सादलाई सोमबार उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो । अस्पतालले तत्कालै पेटको एक्सरे गरायो ।
रिपोर्टमा भने पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे । पेटभित्र ठूलै बोतल देखेपछि आन्द्रा फुटेको हुनसक्ने भन्दै चिकित्सकले थप उपचारका लागि भरतपुर रिफर गरे । विहान करीव २ बजे तिर पुरानो मेडिकल कलेज छिरेका मन्सुरीको डा. नारायण बेलबासे नेतृत्वको टोलीले विहानै शल्यक्रिया गरी बोतल निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्