जनता टाइम्स

२४ फाल्गुन २०७९, बुधबार १७:२९

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


काठमाडौं, २४ फागुन । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा भोली दिउँसो ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।