काठमाडौं, फागुन २५ । राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास पुग्नुभएको छ ।
संसद भवन अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमद दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसामू राष्ट्रपनिमा निर्वाचित भएको प्रमाणपत्र लिएपछि पौडेल सिधै प्रधानमन्त्री प्रचण्ड भेटन सरकारी निवास बालुवाटार पुग्नुभएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामबरण यादव र प्रथम महिला राष्ट्रपति बिद्यादेवी भण्डारीको परम्परा तोडदै पौडेल भने प्रधानमन्त्री निवासमै धाउनु भएको हो । प्रथम राष्ट्रपति यादव राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रप्रमुखको भूमिकामा समेत रहनुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (हाल स्वर्गीय) लाई भेटन लुकेर बालुवाटार जानुभएको थियो ।
तर सो समाचार कसैले सार्वजनिक गरेको थिएन । तर पौडेल भने हाकाहाकी संबिधानको संरक्षणसहित तटस्थ भूमिका निर्वाह गर्ने प्रमाण दिन बालुवाटार पुग्नुभएको हो । बालुवाटारमा उहाँलाई प्रधानमन्त्री दाहालले स्वागत गर्नुभएको छ । पौडेलसँगै उहाँकी श्रीमती सबिता पौडेललाई पनि बधाईसहित स्वागत गरिएको थियो ।
आज भएको निर्वाचनबाट पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ पराजीत हुनुभएको छ ।
पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।
प्रतिक्रिया दिनुहोस्