जनता टाइम्स

२६ फाल्गुन २०७९, शुक्रबार १४:१२

नेपाल प्रहरीको ५ डिआइजी एआइजीमा बढुवा सिफारिश, पहिलो नम्बरमा कुँवर (सूचीसहित)


काठमाडौं, फागुन २६ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजीपी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) मा बढुवा सिफारिश भएका छन ।

गृहसचिव अध्यक्ष रहेको बढुवा समितिले आज ५ जना डिआइजीलाई एआइजीमा बढुवा सिफारिश गरेको हो । बढुवा समितिका सदस्य सचिव तथा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहका अनुसार आज बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिश गरेको हो ।

समितिको सिफारिशअनुसार एअइजी बढुवाको पहिलो नम्बरमा डिआइजी बशन्त कुँवर पर्नुभएको । यस्तै दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौं नम्बरमा किरण बज्राचार्य पर्नुभएको छ ।