काठमाडौं, फागुन २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई धोका दिनुभएको छ ।
राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गरी बिजयी बनाउने भूमिका खेल्नुभएका जसपा अध्यक्ष यादवलाई पूर्वसहमति अनुसार उपराष्ट्रपति दिन अस्वीकार गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्ड र कांग्रेस सभापति देउवाले धोका दिनुभएको हो ।
राष्ट्रपति निर्वाचन सकिएकै भोलिपल्ट दुवै दलले जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको र सो पदमा महिला उम्मेदवार हुनुपर्ने अडान राखेका छन । यो अडानसँगै बाराबाट निर्वाचित रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर सो उपनिर्वाचन लडेर संसदमा छिर्ने यादवको सपना तुहिने भएको हो ।
प्रधानमन्त्री प्रचण्डले पुस १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थिति निवास पुगेर कांग्रेस र शेरबहादुर जस्तो नीच मान्छेलाई यसअघि सघाउनु ठूलो भूलभएको भन्दै माफी मागेर नयाँ गठबन्धनसहित प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर उहाँले संसदबाट बिश्वासको मत लिएपछि कांग्रेसतिर लाग्नुभएको थियो । राष्ट्रपति निर्वाचनलगत्तै प्रचण्डले उपेन्द्रलाई पनि घात गर्नुभएको हो ।
प्रधानमन्त्रीले आफ्ना बिश्वासपात्र रहनुभएका महासचिव देव गुरुङमार्फत उपराष्ट्रपतिमा महिलाको बटमलाइन अघि सार्नुभएको छ । महिला अघि सार्दा जसपाले नै सो पद पाए पनि उपेन्द्रको सपना तुहिने छ । यस्तै कांग्रेस सभापति देउवाले पनि बिश्वासपात्र उपसभापति पूर्णबहादुर खडकामार्फत उपराष्ट्रपतिमा सहमति नै नभएको बोल्न लगाउनु भएको छ ।
उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने निर्णय नभएको बताउनु भयो । शुक्रबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उहाँको सालिकमा माल्यार्पणपछि सञ्चारकर्मीसँग खडकाले यस्तो बताउनु भएको हो ।
‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ। सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौं,’ जसपालाई उपराष्ट्रपति दिने कुरा ८ दलको बीचमा प्रवेश गरिसकेको छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’
खडकाको यो भनाई र नेकपा माओवादी केन्द्रका महासचिव गुरुङको अभिब्यक्ति एकैसाथ आएको छ । गुरुङले पार्टीको बटमलाइन महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रहेको बताउनु भएको छ । निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति नै निकालेको छ ।
‘संविधानमा फरक लिंग वा समुदाय भनिएतापनि अभ्यासमा राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष गराउने अध्यास गर्दै आएका छौं । अभ्यासलाई फलो गर्नुपर्छ,’ गुरुङको भनाई छ ।
गुरुङले पनि उपराष्ट्रपति कसले लिने भनेर गठबन्धनमा रहेका दलहरुका बीचमा औपचारिक सहमति नभएको प्रष्ट पार्नुभएको छ । प्रचण्ड र देउवाले आफू निकटमार्फत यस्तो अभिब्यत्तिलm दिन लगाएपछि जसपा अध्यक्ष उपेन्द यादव रन्थनिएको एक नेताले जनताटाइम्स डटकमलाई बताए । ‘उहाँ धोका भयो भन्दै बर्बराउन थाल्नुभएको छ, तनावमा पनि हुनुहुन्छ,’ ती नेताले भने ।
प्रतिक्रिया दिनुहोस्