जनता टाइम्स

२६ फाल्गुन २०७९, शुक्रबार १७:१६

केपी ओली स्कूले बालबालिकासँग रमाउँदै सडकमै पोलेको मकै खान आएपछि (फोटोफिचर)


काठमाडौं, फागुन २६ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ब्यवहार देखेर सडकमा मकै पोल्न बसेका सडक ब्यापारी र साना स्कूले बालबालिका चकित परेका छन ।

आज ओलीले विद्यालयका बालबालिकाहरुसँग बाटोमै भेट गरेर सँगै सडकमै पोलेको मकै खानुभएपछि सवै चकित परेका हुन । अध्यक्ष ओलीले आफू पार्टी कार्यालयबाट घर फर्कँदै गर्दा बाटोमा स्कूल छुटेर घर फर्कदै गरेका बालबालिकाहरुसँग रमाइलो भेट गर्ने अवसर मिलेको बताउनु भयो । त्यसै क्रममा नजिकै मकै पोलेर बेचिरहेकी महिलासँग मकै किनेर खाएको ओलीले बताउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा फोटोसहित ओलीले लेख्नुभएको छ, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’