काठमाडौं, फागुन २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव आफूहरुको प्रस्ताव र समर्थनमा निर्वाचित हुनुभएको तथ्य खोल्नुभएको छ ।
एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यो तथ्य खोल्नुभएको हो । अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा. यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताउनुभयो ।
उहाँले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताउनुभयो । तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा प्रस्ताव गरेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिनुभएपछि उहाँको साटो कांग्रेसबाटै यादवलाई उम्मेदवार बनाए जिताउन सक्ने निश्कर्ष एमालेले दिएको थियो ।
सोही आधारमा कांग्रेसले महामन्त्री यादवलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्