काठमाडौं, फागुन २७ । हजारौं शब्दभन्दा एउटा तस्विर निकै बलशाली हुन्छ । तस्विरले गर्ने यथार्थ चित्रण शब्दमा भन्न सकिदैन । माथिको यो तस्विरले यही प्रमाण दिइरहेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोला अर्थात पुरानो सिनामंगलस्थित नेक्सस इन्टरनेश्नल स्कूलमा देखिएको दृष्य हो यो । सो बिद्यायले आज अबिभावक दिवसको अवसर पारेर भवनको शिलाल्यासका लागि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरेको थियो ।
काठमाडौंको निकै राम्रो अध्ययन हुने बिद्यालयमा गनिने सो बिद्यालयमा ओली पुग्दा बालबालिका निकै झुम्मिए । उनीहरुले आफ्नो घरमा बर्षौंपछि आइपुगेको मुख्य अबिभावक जसरी नै एमाले अध्यक्ष ओलीसँग खुसियाली साटेका थिए । उनीहरुसँग ओलीले अंग्रेजी र नेपाली दुवै भाषामा कुरा गर्नुभयो, ती कलिला बालबालिकाले दुवै भाषामा ओलीसँग कुरा गरे ।
यी बालबालिकाको मायाले ओली निकै प्रसन्न हुनुभयो । बिद्यालयबाट फर्किएपछि फोटोसहित सामाजिक सञ्जालमा लेख्नुभयो, ‘बालबालिकाहरुका आँखामा म देशको भविष्य देख्छु । काठमाडौंमा आज एक विद्यालयको कार्यक्रममा सहभागी हुँदा मैले उनीहरुसँग आफ्नो केही समय विताउन पाएँ, धेरै खुशी लागेको छ ।’
एमाले अध्यक्ष ओलीसँग बालबालिकाको असिम प्रेम अनि बालकालिकाप्रति ओलीको मोह देखेर कार्यक्रममा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङदेखि प्याब्शन अध्यक्ष डिके ढुंगानासहित सवै चकित पर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्