जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार २१:४३

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो


काठमाडौं, २७ फागुन ।  दैलेखबाट कालीकोट जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज भएको दुर्घटनामा नौमुले गाउँपालिका–३ द्वारीकाका २८ वर्षीय शशिराम पुन मगरको मृत्यु भएको हो ।

निर्माण सामग्री लिएर दैलेख सदरमुकामबाट कालीकोटको डिल्लीकोट जाँदै गर्दा ना ७ त ४४७७ नम्बरको ट्र्याक्टर नौमुले गाउँपालिका–२ गेरुपानीको भिरबाट खसेको प्रहरीले जनाएको छ ।