जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार २१:५४

गठबन्धनभित्र बन्यो छुट्टै मोर्चा : यस्तो छ कार्यगत एकताको सहमति


काठमाडौं, २७ फागुन । लोसपा नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति भएको छ ।

सहमति पत्रमा तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । तीन दलको यो सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दीको सन्देश दिएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि पनि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । यद्यपि दुवै दल १० दलीय गठबन्धनमा सहभागी छन् ।जसपाबाट दुईजनाले उम्मेदवारी दिएका छन् ।