काठमाडौं, फागुन २८ । नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतकमा सांसद पदम गिरी नियुक्त हुनुभएको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज गिरीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेले प्रमुख सचेतक र सचेतक चयन गरेको थिएन । दलका नेता ओलीले आज पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र युवा नेता महेश बर्तौलालाई सचेतक चयन गर्नुभएको हो । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
गिरी र बर्ताैला अनेरास्ववियुको केन्द्रीय कमिटीका सहयोद्धा हुनुहुन्थ्यो । अव युवालाई अवसरको अभियान चलाउनु भएका ओलीले दलको प्रमुख सचेतक र सचेतकको जिम्मेवारी पनि युवा नेताहरूलाई दिनुभएको हो ।
प्रमुख सचेतक गिरी दोस्रोपटक चुनाव जितेर छोटो समय मन्त्री बनेर बाहिरिएका नेता हुनुहुन्छ भने बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आउनु भएको हो । २०४८ सालदेखि एकछत्र राज गर्नुभएका भेट्रान नेता विरोध खतिवडालाई पराजित गरेर बर्तौला निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्