जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १६:०४

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल


काठमाडौं, १ चैत । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक रहेका कटुवाललाई नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

उहाँलाई आज सहायक प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ । कटुवालसँग राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको अनुभवसमेत छ । गत कात्तिकमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भूमिका निर्वाह गर्नुभएको थियो । एन्फाले विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ ।