जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १७:५०

युएईबिरुद्ध नेपालको अभुतपूर्व प्रदर्शन, एकदिवसीय विश्वकप छनोटमा पुग्यो


काठमाडौं, चैत २ । नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक खेल जितेको छ । आज भएको खेलमा जीतसँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । दुई सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो । योसँगै नेपाली टीमले इतिहास रचेको छ ।