जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार २१:४३

नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ! हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ : केपी ओली


काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘केपी शर्मा ओलीले विश्वकप छनोटमा स्थान पक्का बनाउने नेपाली टिमलाई बधाई दिनुभएको छ ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष ओलीले नेपाली टिमलाई बधाई दिनुभएको हो । उहाँले बधाईसँगै नेपाल र नेपाली गौरवान्वित भएको उल्लेख गर्नुभएको छ ।

युएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ! हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ, ओलीले भन्नुभएको छ ।