जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार २२:४७

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत् सामान किन्दा १० प्रतिशत छुट


काठमाडौं, २ चैत्र ।  ग्लोबल आईएमई बैंक लिमिटेडले मेट्रो मार्टका काठमाण्डौ भित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत् सामान किन्दा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग र्यापबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने भएको छ ।

एक पटकको खरिदमा एक सय रुपैयाँसम्म र योजना अवधिभर ३ सय रुपैयाँसम्म छुट पाइनेछ । यो योजना सीमित अवधिका लागि काठमाण्डौ उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ।