जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १०:५८

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा


काठमाडौं, चैत ३ । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको छ ।

आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गर्नुभएको हो । नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।

खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीलाई जनही ३ लाख रुपैया पुरस्कार दिने घोषणा पनि गर्नुभएको छ ।