जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १२:२९

प्रकाश विष्ट अर्थात त्रिबिका अब्बल अध्येता


काठमाडौं, चैत ३ । ‘दुईवर्ष अनेरास्ववियुले गर्छ’ यो भिजनबोकेर चुनावमा होमिएको एमाले निकट अनेरास्ववियुको प्यानल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु आफ्नो कब्जामा ल्याउनेमा ढुक्क छ ।

त्यसको लागि सभापतिका उम्मेदवार प्रकाश विष्टको नेतृत्वले नयाँभिजनअनिमिसन अघि सारेको छ । स्ववियुलाई खोज केन्द्र बनाउने अठोट बोकेको विष्टको टिमले अनुसन्धानमुलक शिक्षा, युवा विद्यार्थीको नेतृत्व र सम्वुद्ध नेपालको नारालाई मुख्य विषय बनाएको छ । ३ हजार ३ सय ३९ जना विद्यार्थीले मतदान गर्ने स्ववियुको निर्वाचनमा विष्टको नेतृत्वले अनुसन्धानलाई विशेष जोड दिएको छ ।

सभापतिका उम्मेद्दवार विष्ट आफैमा अब्बल नेता हुनुहुन्छ । उहाँले अनुसन्धानमा गरेको योगदानले विश्वविद्यालयालई उचाइमा पुर्याएको छ । ‘राजनीतिसंगै पढाईलाई अघि बढाउनु पर्छ । त्रिबिलाई सेन्टर अफ एक्सिलेन्स बनाउनु पर्छ,’ आफ्नो उम्मेदवारीको विषयमा भन्नुहुन्छ, ‘सरकारले त्रिबिप्रति हेर्ने दृष्टिकोणले बदल्न सक्नु मेरो दायित्व हो, त्यसकै लागि मलाई भोट दिएर विजयी गराउनु विद्यार्थीको अधिकार हो ।’

चुनावी प्रचारको अघिल्लो दिन किर्तिपुरमा निर्वाचनमा व्यस्त हुनुभएका विष्ट थप्नुहुन्छ, ‘मेरो प्यानलको एउटा मात्र उद्देश्य छ । त्यसैले विष्टको प्यानलले भिजन टेनटेन रसंस्थागत विकासको भिजन सार्बजनिक गरेको छ । हामीले जे लेखेका छौं, सबै पूरा गर्नेछौं । हाम्रो भिजनमा जे छ । दुईवर्षमा सबैपुरा हुन्छ ।’ उहाँले आफ्नो भिजनलाई पनि प्रष्ट पार्नुभयो ।

भिजनको बारेमा बिष्टले भन्नुभयो, ‘गर्नसक्ने काम मात्र उल्लेख गरेका छौं । अनेरास्ववियुले सार्बजनिक गरेको भिजन टेनटेनमा विश्वविद्यालयलाई एक्सलेन्स सेन्टर लागु हुनेछ। ब्यावहारिक क्यालेण्डर, अनेरास्ववियुको आश्वासन उत्तरदायी प्रशासन, सेवाग्राहीलाई नो लोड अनलाईन प्रयोगमा जोड, डिजिटल लाईब्रेरी, खुल्छ सधैभरी, बढाउनेछौ विश्वविद्यालयको गियर सबैलाई ओरिजिनल सर्टिफिकेट, गर्नेछौं सबैलाई आब्हान, सामुहिक अध्ययनलाई प्रोत्साहन, अनेरास्ववियुको आब्हान अनुसन्धानमुलक रचना प्रकाशन, विश्वविद्यालयको समुन्नति अनुसन्धान केन्द्रको स्तररोन्नती, समग्र प्राज्ञिक उन्नतिप्रबिधि मैत्री पठन, अनेरास्ववियुको उपहार भर्ना र परीक्षा प्रणालीमा सुधार रहेका छन ।

विष्टको नेतृत्वले त्रिबिलाई साच्चिकै एक्सेलेन्ट क्याम्पस बनाउने योजना बढाएको छ–सभापतिका उम्मेदवार विष्टले भन्नुभयो, ‘हामी जे गर्छौं विश्वबिद्यालयकै लागि गर्छौं, विश्वविद्यालयलाई राजनिति गर्ने मात्रैको थालोबाट टाढा राख्नेछौं । त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र कानुनका विद्यार्थी विष्ट रिसर्च अब्बल छन । मलेसिया, दुबई, थाइल्याण्ड, सिंगापुर, इन्डोनेशियादेखि फिलिपिन्ससम्ममा यात्रा गर्नुभएका विष्टले विभिन्न देशका रिसर्च जर्नलहरुमा प्रकाशित गरिसक्नु भएको छ ।

त्यसैको आधारमा विष्टको प्यानलले त्रिबिको संस्थागत विकासको भिजन तयार गरेको छ । विष्टको प्यानलले तयार गरेको विकासको भिजनमा १० बुदा समेटिएको छ । विकासको भिजनमा विश्वविद्यालय क्षेत्रको नेत्र बन्दरहित सम्मानित क्षेत्र, हरियाली विश्वविद्यालय परिसर स्वस्थ्य रहने सबैलाई अबसर, सुधारको एकै मन्त्र सबै समेटिने उच्चस्तरीय संयन्त्र, हुनेछ अखिलको सहयोग सक्षम सेवा आयोग, आधुनिक एरिया, तरीय क्याफेटेरिया, अन्त्यहुनेछ बसाईको दुरावस्था, निर्माण हुनेछ स्तरीय आवासीय व्यवस्था, कलाको सम्मान गरौं जथाभावी भित्ते लेखन बन्द गरौं, अनेरास्ववियुको अडान विश्वविद्यालय परिसरमा बिजुली जडान, राजनीतिक हस्तक्षेपत्राट उन्मुक्ति सक्षमताको आधारमा पदाधिकारी नियुक्ति र विधिको शासन विश्वविद्यालयमा सुशासन छन ।

त्रिबि र चीनको सिचुआन विश्वविद्यालयको इन्टिट्युट अफ साउथएसियन स्टडीजमा एक्सचेन्ज स्टुडेन्टको रुपमा अध्यन गरिरहनुभएका विष्ट त्रिबिकाइतिहास केन्द्रीय विभागमा अध्ययनरत हुनुहुन्छ । नेपाल बुद्धीजिवी परिषदका राष्ट्रिय सुरक्षा तथा वैदेशिक सम्बन्ध अध्ययन केन्द्रका सदस्य रहनुभएका विष्टको प्यानलले त्रिबिको संस्थागत विकासको भिजन समेत सार्बजनिक गरिसकेका छन् । ‘हाम्रो सिंगो टीम यसमा सक्षम र सबल छ । हामीले यो विश्वास गरेका छौं कि चैत ५ गते सम्पन्न निर्वाचनपछि हाम्रो नेतृत्वले त्रिबि स्ववियुको वागडोर सम्हाल्नेछ,’ बिष्टले भन्नुभयो ।

सभापति विष्टको प्यानलबाट सचिवमा सिद्धान्त भट्ट, कोषाध्यक्षमा जनकराज कार्की छन । प्रत्यक्षतर्फको सदस्यको उम्मेदवारहरुमा सन्चमान सुब्बा, रचना अधिकारी, दिनेशकुमार सिंह, पुरन खरेल, चेतनारायण गिरी, शिखर राई, सिकेन्द्र रोकाया, हिकमत बुढा प्रतिस्पर्धामा उत्रिनुभएको छ । समानुपातिकतर्फबाट अर्जुन रेग्मी, सुदर्शन गौतम, राम सिंह नायक, विष्णु बस्याल, सुरेन्द्र शाही, प्रज्जवलखत्री, कल्पना खतिवडा, सागर पाण्डे, विकास पटेल, बालकृष्ण ओली, टंकप्रसाद कँडेल, सृष्टि भट्टराई, सफल चापागाइँ, दीपक सिंह ठकुरी, विवेक जिसी र संगम थापामगर हुनुहुनछ ।

विष्ट पढाईमा मात्र होइन, रिसर्च जर्नलमा समेत अब्बल हुनुहुन्छ । नेपाली सेनाले सार्बजनिक गरेका सामरिक रिसर्च जर्नलको चौथौँ संस्करणमा सभापतिको उम्मेदवार विष्ट प्रथम हुनुभएको छ । सेना दिवसको अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले उहाँलाई २ लाख नगदसहित प्रथम पुरस्कार प्रदान गर्नुभएको थियो । त्रिबिको इतिहास हेर्दा अहिलेसम्म त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले ७ पटक, अनेरास्ववियुले ६ पटक स्ववियु सभापति जितेका छन । २०६५ सालमा अखिल क्रान्तिकारीले जितेको थियो ।

अनेरास्ववियुका पूर्वअध्यक्ष किशोविक्रम मल्लले त्रिविमा अनेरास्ववियुको प्यानल नै जित्ने बताउनु भयो । ‘विष्टको नेतृत्व सक्षम र सबल छ भन्ने विषयमा दुईमत छैन । सबै विद्यार्थीको साझा उम्मेदवाको रुपमा चिनिएका विष्ट र उहाँको प्यानलको जित सुनिश्चित छ,’ मल्लले भन्नुभयो ।
अनेरास्ववियुले अन्य विद्यार्थी संगठनमा देखिएको विवाद र आफ्नो संगठनको एकता नै जितको आधार रहेको बताएको छ ।

‘बिद्यार्थीमाझ काम गर्दै आएको, अनुशासित, र व्यवस्थित टिम भएकोले हाम्रो जित निश्चित छ,’ सभापतिका उम्मेदवार विष्टको भनाई छ । राम्रो शैक्षिक पृष्ठभूमि रहेका र नेतृत्व गर्न सक्ने व्यक्ति मात्रै अनेरास्ववियुको प्यानलमा भएकोले हाम्रो जितलाई कसैले रोक्न सक्दैन,’ विष्टको भनाई छ ।