जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १९:२०

राष्ट्रिय एकता प्रवर्द्धन गर्न लाग्‍ने नवनिर्वाचित उपराष्ट्रपति यादवको अठोट


काठमाडौं, चैत ३ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताउनु भएको छ । उपराष्ट्रपतिमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन आफ्नो भूमिका रहने बताउनु भयो ।

उहाँले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने प्रतिवद्धता जनाउनु भयो । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्याउन बाँकी रहेको भन्दै उहाँले त्यसलाई निस्कर्षमा पुर्याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताउनु भएको हो ।

‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्न मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्याउन बाँकी छ, त्यसलाई निस्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ । हाम्रो क्षेत्रका जनताकै मतका कारण म यहाँसम्म आइपुगेको हुँ । उहाँहरुसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु,’ उहाँको भनाई थियो ।