काठमाडौं, चैत ४। राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरु बिच आज बिहान शितल निवासमा भेटघाट हुने भएको छ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरुलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाउनु भएको हो ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा आएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामुहिक रुपमा सांसदहरुलाई भेटघाट गर्न खोजेका हुन । उहाँलाई निर्वाचित गर्ने मतदाता पनि सांसदहरु नै हुन ।
प्रतिक्रिया दिनुहोस्