जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १६:२२

९ दिनदेखि एक महिला बेपत्ता


काठमाडौं, ५ चैत । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १–राकाथुमको सितामाया श्रेष्ठ हराएको ९ दिनसम्म पनि कुनै पत्ता लाग्न नसकेको आफन्तले बताएका छन् । राकाथुम शिखरडाँडाको सितामाया हाल भक्तपुरको सुँडाल बसोबास गर्दै आउनुभएको थियो ।

गगन सिंह श्रेष्ठको नातिनी, मान बहादुर–लुकमाया श्रेष्ठको छोरी तथा गम बहादुर श्रेष्ठको श्रीमती २४ बर्षीया सितामाया भक्तपुर सुँडालबाट फागुन २७ गते बिहान ६ बजेदखि हराईरहेको काका टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । घरबाट मोवाइल फोन र पैसाहरु लिएर गएको ४० वर्षीय श्रीमान गमबहादुरले जानकारी दिनुभयो ।

सितामायाको खोजीका लागि आफन्तले प्रहरी चौकी, सुँडाल भक्तपुरमासमेत खबर गरेका थिए । प्रहरीले आफूहरुले जगातीमा पनि खबर गरेको जनाएको छ । यता सितामायाको दाजु चन्द्रागिरीमा बस्दै आएको खबरपछि चन्द्रागिरी प्रहरीलाई पनि खबर गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

बेपत्ता सितामायाको गाउँका स्थानीय विनोद श्रेष्ठले अहिलेसम्म काँही पत्ता लगाउन नसकेपछि सूचना निकाल्दै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बेपत्ता व्यक्तिको खोजीका लागि हामी लागिपरेका छौं । शंका लागेका सबै ठाउँमा खोजी जारी छ । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन ।’ परिवारले निजलाई देख्नु हुने वा भेट्न हुने महानुभावहरूलाई आफन्त वा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिन पनि आग्रह गरेको छ ।

२४ बर्ष सितामायाको वर्ण गहुँगोरो रहेको र उचाई ५ फिट रहेको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता श्रेष्ठको परिवारमा ४ वर्षीया छोरा र श्रीमान हुनुहुन्छ । टेक बहादुर श्रेष्ठ (काका) : ९८५१००६८९१ । दुर्गा बहादुर श्रेष्ठ (दाजु) : ९८६२१०३४७५ र प्रहरी चौकी, सुँडाल : ९८५१२८६३१२ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।