जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १६:५०

सेयर बजार ६.९० अंकले ओरालो


काठमाडौं, ५ चैत । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा ओरालो लागेको छ । आज नेप्से सूचक ६.९० अंकले घटेर १९२६.९० विन्दुमा आएर रोकिएको छ । १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम १.५२ अकले घटेर ३६३.२६ बिन्दुमा आएको छ ।

आज ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको छ । मानुसी लघुवित्त बित्तीय संस्था, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मूल्यवृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता, हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ६ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ । यता शुभम सिमेन्टको करिब ४ करोडको कारोबार भएको छ । आज १३ उपसूचकहरूमा ५ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।