जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १८:०२

जिरी क्याम्पसमा अनेरास्ववियुकी ज्योति खड्का विजयी, गठबन्धन पराजीत


दोलखा, चैत ५ । दोलखाको जिरी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्वबियुकी उम्मेदवार बिजयी हुनुभएको छ ।

आज सम्पन्न निर्वाचनलगत्तै भएको मतगणनामा २ मतको अन्तरले एमालेनिकट अनेरास्वयुकी खड्का सभापतिमा निर्वाचित हुनुभएको हो ।

सचिबवमा भने गठबन्धनका लिला जिरेल विजयी हुनुभएको छ । यस्तै कोषाध्यक्ष अनेरास्वयुकै लक्ष्मी कार्की र सदस्यहरुमा अखिलकै आकृति खड्का,कुशल कार्की र सरोजकुमार जिरेल निर्वाचित हुनुभएको छ ।