जनता टाइम्स

६ चैत्र २०७९, सोमबार ११:२५

उपराष्ट्रपति रामसहाय यादवले लिए शपथ


काठमाडौं, चैत ६ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँले आज बिहान शीतल निवासमा शपथग्रहण गर्नुभएको हो ।

यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित हुनुहुनछ । चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले आजै पदबहाली गर्नुहुनेछ ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवले सांसद र जसपाबाट राजीनामा दिनुभएको छ । यादव ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यसैबीच पद हस्तान्तरणपश्चात निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाई गरिएको छ।