जनता टाइम्स

६ चैत्र २०७९, सोमबार १३:४६

ओलीले खोले प्रचण्ड फेरि एमालेबिरुद्ध लाग्नुको तथ्य


काठमाडौं, चैत ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान छाडेको बताउनु भएको छ ।

एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नातावाद, कृपावाद रमाएर एमाले विरोधी गतिबिधिमा लागेको तथ्य पनि खोल्नुभयो ।

‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ । त्यो पार्टीका उहाँ बाहेक सबै अरू केही छैन । अलमलमा वा दबाबमा हुनुहुन्छ,’ ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी जंगबहादुर शैलीको हुनुहुन्छ । उहाँले जे भन्यो उहाँहरूले अरूलाई बोल्न पनि दिनुहुन्छ । बोलेझैँ गर्यो भनेपनि विपक्षमा बोल्यो भनेर त्यसको पत्ता साफ हुन्छ । अरूसँग मिलेको भन्ने आरोप लाग्छ । एकता गर्नु हुन्न । कथम कदाचित एकता भयो भने पनि तोड्ने उद्योगमा लाग्नुहुन्छ। तोडेर जानुहुन्छ । चुनावी तालमेल गर्दा पनि सरकार बनाउन चाहनुभएन ।’

प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको आरोप पनि उहाँको छ । वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाएको उहाँको भनाइ थियो ।

‘हाम्रो पहलमा वामपन्थी सरकार उहाँकै नेतृत्वमा बनायौँ तर, प्रधानमन्त्री भएकै भोलिपल्ट उहाँले इमान छाड्नुभयो। इमानमा रहन सक्नुभएन,’ ओलीले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डप्रति विश्वास नभएको कारणले विश्वासको मत नदिने बताउनु भयो ।