जनता टाइम्स

७ चैत्र २०७९, मंगलवार ०८:५५

मुलुकको राष्ट्रिय आकांक्षा पूरा गर्न जातीय आधारमा हुने सवै प्रकारका बिभेद-कुरीति-अन्धबिश्वास अपराध-बहिष्करण र हिंसालाई अन्त्य गर्नुपर्छ : केपी ओली


काठमाडौं, चैत ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न जातीय आधारमा हुने सवै प्रकारका बिभेद, कुरीति, अन्धबिश्वास अपराध, बहिष्करण रहिंसालाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

५८औं अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।’समृद्ध नेपाल, सुखी नपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न जातीय आधारमा हुने सवै प्रकारका बिभेद, कुरीति, अन्धबिश्वास अपराध, बहिष्करण रहिंसालाई अन्त्य गर्नुपर्दछ । नेकपा एमाले लाई सवल बनाई राष्ट्रको यस आकांक्षा पूरा गर्न सवैको साथ रहने छ भन्ने मेरो बिश्वास छ,’ ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले कानूनी रुपमा आतीय छुवाछुतको अन्त्य भए पनि ब्यवहारमा लागू हुन नसकिरहेको बताउनु भएको छ । ‘कानूनी रुपमा बर्जित भए पनि छुवाछुत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुन सकेको छैन । यसलाई तोडन समाजका सवै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक छ । नेकपा एमालेको अगुवाईमा निर्माण भएको नेपालको संबिधान २०७२ को प्रस्तावनामा सवै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्ने कुरा उल्लेख छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ ।