दोलखा, चैत ७ । दोलखाको पर्यटकीय आकर्षणको केन्द्र कालिञ्चोक क्षेत्रमा सोमबार यो वर्षको तेस्रो पटक हिमपात भएको छ। सोमबार रातिबाट सुरू भएको हिमपात मंगलबार बिहान ८ बजेसम्म निरन्तर रहेको स्थानीयवासीले जनाएका छन ।
कुरीस्थित होटल सुनपातीका सञ्चालक हरि ओलीका अनुसार लामोसमय हिमपात भएका कारण कालिञ्चोकको कुरी आसपास एक फिटभन्दा बढी हिँउ जमेको छ । यो वर्ष पहिलो पटक गत फागुन १३ गते हिमपात भएको थियो । दोस्रो पटक चैत्र ४ गते हिमपात भएको थियो ।
तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोकमा हरेक वर्ष पुसदेखि फागुन चैत्रसम्म हिमपात हुने गरेको थियो । यो वर्ष भने फागुन दोस्रो साताबाट मात्र हिमपात सुरू भएको हो । राति हिमपात भएपछि पर्यटकहरू चिसोको पर्वाह नगरी हिउँसँग रमाएका थिए ।













प्रतिक्रिया दिनुहोस्