जनता टाइम्स

७ चैत्र २०७९, मंगलवार २०:०३

काठमाडौंमा रित्तियो नेकपा एस, पूर्वस्वास्थ्यमन्त्री खतिवडाका सल्लाहकार ढकालसहित २१ जिल्ला सदस्यले गरे पार्टी परित्याग


काठमाडौं, चैत ७ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री बिरोध खतिवडाका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकालसहित २१ जना जिल्ला सदस्यले सो पार्टी परित्याग गर्नुभएको छ ।

नेकपा एसको कागेश्वरी मनोहरा नगरपालिका ईन्चार्जसमेत रहनुभएका ढकालसहित जिल्ला सदस्य तथा काठमाडौं–२ का क्षेत्रीय संयोजक गोपिकृष्ण रिजाल, शंकरापुर नगरपालिका कमिटीका सचिव अमृत दंगालसहित २१ जना जिल्ला कमिटी सदस्यले मंगलवार पार्टी परित्याग गर्नुभएको हो ।

एमालेबाट बिद्रोह गरेर नेकपा एस गठन गर्नुको उद्देश्य र औचित्य पुष्टि हुन नसकेको र पार्टीका नेताहरु सत्ता लिप्सामा केन्द्रीत भएकाले मंगलवारबाटै लागू हुनेगरी राजीनामा दिएको डा. ढकालले बताउनु भयो ।