जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १६:२६

देशको ’मियो’ बन्ने पूर्वराजा ज्ञानेन्द्रको चाहना, राप्रपा नेतालाई बोलाएरै दिए यस्तो निर्देशन


झापा, चैत ८ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । पूर्वराजा शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरु झापाको दमकस्थित चियाबगानमा पुग्नुभएको हो ।

आज दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको छ । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी हुनुहुन्थ्यो ।

भेटको क्रममा पूर्वराजाले राप्रपा अव स्पष्ट रुपमा राजतन्त्र स्थापनाको मिसन बोकेर अघि बढनुपर्ने निर्देशन दिँदै आफूमा देशको मियो बन्ने चाहना रहेको बताउनु भएको स्रोतले जनाएको छ ।

भेटमा सहभागी राप्रपाका बरिष्ठ उपाध्यक्षरविन्द्र मिश्रको भनाईले पनि यही संकेत गरेको छ । भेटपछि पूर्वराजासँगको तस्विर सार्वजनिक गर्दै मिश्रले लेख्नुभएको छ, ‘बीचमा देशको ’मियो’ । छेउछाउमा हामी !’