जनता टाइम्स

८ चैत्र २०७९, बुधबार २०:५३

बहुमतसहित एमालेको सरकार नबन्दासम्म देश समृद्ध हुँदैन : महासचिव पोखरेल


दाङ, चैत ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण नेपालमा विकासले गति लिन नसकेको तथ्य औल्याउनु भएको छ ।

राष्ट्रिय युवा संघ दाङको दशौँ जिल्ला अधिवेशन उद्घदघाटन गर्न गृहजिल्ला आउनु भएका महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
‘चुनावको माध्यमबाट बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेकाले राजनीतिक अस्थिरता पैदा भयो । त्यसकै कारण देश बन्न सकेन,’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले एमालेको बहुमत सरकार नबन्दासम्म देश समृद्ध नहुने बताउनु भयो । ‘राजनीतिक अस्थिरताका कारण देशको प्रगति हुनसकेको छैन । एमालेको बहुमतको सरकार नबन्दासम्म देश समृद्ध हुँदैन,’ महासचिव पोखरेलले भन्नुभयो । एमाले आगामी दिनमा सबैभन्दा बलियो राष्ट्रिय शक्ति स्थापित भएर देश समृद्ध बनाउने उदघोष पनि उहाँले गर्नुभयो ।

उहाँले एमाले बलियो शक्ति बन्ने प्रयास गरिरहेका बेला नेपालको भलो नचाहने देशी विदेशी शक्तिले एमालेविरुद्ध मोर्चाबन्दी गरेको ठोकुवासमेत गर्नुभयो ।