जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार २०:५९

छोरीभन्दा छोरा धेरै जन्मिए


काठमाडौं, १० चैत्र । नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो ।

जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए । तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६१ छोरी जन्मिएका थिए ।

जनगणनाअनुसार १० वर्षमा १५–४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म एक करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन् । नेपालमा १५–४९ वर्षका विवाहित महिलामध्ये १२ प्रतिशतले कुनै पनि जीवित बच्चा नजन्माएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले बच्चा नजन्माएको पाइएको छ भने दुई जना जीवित बच्चा जन्माएका महिलाको सङ्ख्या सबैभन्दा बढी ३३ प्रतिशत छ ।

यस्तै एक जनामात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३ दशमलव एक प्रतिशत छन् भने नौ वा सोभन्दा बढी जीवित बच्चा जन्माउने महिला शुन्य दशमलव एक प्रतिशत छ । जीवित जन्मेका बच्चाहरुमध्ये तीन दशमलव दुई प्रतिशतको मृत्यृ भएको पाइएको छ ।

राष्ट्रिय जनगणनामा धेरैजसो व्यक्तिहरु ३४ दशमलव चार प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको पाइएको छ भने दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२ दशमलव तीन प्रतिशत छन् ।

दशवर्ष मुनि शुन्य दशमलव तीन प्रतिशतको विवाह

राष्ट्रिय जनगणनामा १० वर्षमुनि उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु शुन्य दशमलव तीन प्रतिशत छन् । यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु सात प्रतिशत छन् । समग्रमा पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष हुन आउँछ । जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष छ ।

मातृ मृत्युदर १५१ मा

यसैगरी कूल प्रजनन उमेर समूह ९१५–४९ वर्ष० का १२ हजार नौ सय ७६ महिला मृत्युमध्ये छ सय ५३ जना ९पाँच प्रतिशत० को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ । तीमध्ये छ सय २२ जना ९९५ प्रतिशत० को मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको जनगणनामा जनाइएको छ ।

उक्त उमेर समूहबाट कूल चार लाख १२ हजार नौ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ । जसअनुसार मातृमृत्यु दर एक सय ५१ जना ९प्रति लाख जीवित जन्ममा० रहेको नतिजाले देखाएको छ ।