जनता टाइम्स

११ चैत्र २०७९, शनिबार १०:१०

एमाले विरुद्ध कतिपय सञ्चारमाध्यम नियोजित रूपमा लागेका छन् : केशव पाण्डे


काठमाडौं, चैत ११ ।  नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डेले नेकपा एमाले प्रतिको शुभेच्छुकको धारणा सुन्न मिसन ग्रासरुट आयोजना गरिएको बताउनुभएको छ ।

शनिबार भक्तपुरमा आयोजित प्रेस चौतारी नेपाल वाग्मती प्रदेश अन्तरगत आयोजीत प्रतिष्ठान, एसोशिएट र उपत्यका प्रदेश समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पाण्डेले जनताका सरोकारका विषय बुझ्न पनि अभियान सञ्चालन गरिएको बताउनुभयो । जनताका सार्वजनिक जीवनमा सरोकार राख्ने विषय उहाँहरूको बिचबाट संकलन गर्न अभियान आयोजना गरिएको पाण्डेले बताउनुभयो ।

मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै पाण्डेले पार्टी संगठनमा कहाँ कहाँ समस्या छ भनेर हेर्न जरासम्म खोतल्नको लागि अभियान आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा एमाले विरुद्ध कतिपय सञ्चारमाध्यम नियोजित रूपमा लागेको बताउँदै उहाँले त्यसलाई चिर्न प्रेस चौतारी नेपाल आबद्ध पत्रकार लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।