जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १८:१३

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु


बैतडी, १२ चैत । भिरबाट लडेर बैतडीमा एक पुरुषको ज्यान गएको छ । पाटन नगरपालिका–४ बत्थीका ५० वर्षीय जगदिश सिंह महराको आज भिरबाट लडेर मृत्यु भएको हो । आज दिउँसो एक बजे सोही वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते हुनुभएको उहाँलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । महरालाई स्वास्थ्य केन्द्रमा पुर्याए पनि उपचारका क्रममा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताउनुभयो ।