जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १९:०१

लम्कीचुहामा एक जना मृत फेला


धनगढी, १२ चैत । कैलालीमा एक जना पुरुष मृत फेला पर्नुभएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।

उहाँलाई सोही नगरपालिका–८ बचैलास्थित नालीमा आज मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।