जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १४:०८

बर्दिबासबाट हिँडेर १२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर)


काठमाडौं, १३ चैत । महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुग्नुभएको छ । बर्दिबासबाट हिँडेर १२औँ दिनमा उहाँहरु मातातीर्थ आइपुग्नुभएको हो ।

उहाँहरु काठमाडौंको माइतीघर मण्डलामा आउँने कार्यक्रम रहेको छ । आजै उहाँहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने तयारी रहेको छ ।