काठमाडौं, चैत १३ । नेकपा एकीकृत समाजवादीका अध्यष माधव नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि अपमान गर्नुभएको छ ।
अध्यक्ष नेपालले आफ्नो पार्टीको हैसियत बिर्सिएर सत्ता भागबण्डामा अनावश्यक दावी गरेको भन्दै प्रचण्ड र देउवाले ‘हैसियत अनुसार दावी गर्नुपर्यो’ भन्दै अपमान गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले नेकपा एमालेसँग गरिएको पुस १० गतेको सहमति तोडेर कांग्रेस नेतृत्वको गठबन्धन बनाउनु भएपछि सत्ता गठबन्धनमा सहभागी भएको नेकपा एकीकृतले सुरुमा गृह, अर्थ, परराष्ट्र, भौतिक योजना जस्ता कमाउ र हैीसयतवाला मन्त्रालय चाहिने अडान राखेको थियो ।
अध्यक्ष नेपालले नै आफूहरुको राष्ट्रपति–उपराष्ट्रपतिदेखि सभामुख, उपसभामुख, राष्ट्रयसभा उपाध्यक्ष केही पनि नभएको भन्दै कम्तीमा दुई प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा गृह वा अर्थसहित चार मन्त्रालय चाहिने अडान राख्नुभएको थियो । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासँग सत्ता भागबण्डाको कुरा अघि बढाउनुभ एपछि नेपालले पुरानै अडान राख्नुभएको थियो ।
तर केही दिनअघि दुवै नेताले माधवजी हैसियत हेरेर कुरा गर्नाेस न, १० सिटेलाई कस्ले दिन्छ ४ मन्त्रालय ?’ भन्दै हप्काएपछि नेपालले ‘तपाईहरुले गरेको निर्णय मान्छु’ भन्दै बालुवाटारबाट हिडनुपरेको स्रोतले जनताटाइम्स डटकमलाई बतायो। बुढानिलकण्ठस्रोतले पनि नेपालले अनावश्यक दावी गरेकोले हप्काउनु परेको सूचना आफू निकट नेताहरुसँग ब्रिफिङ गर्नुभएको छ ।
स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार अव माधवले आफूहरुले जे दियो, त्यसैमा चित्त बुझाउनु पर्ने निर्णय देउवा र प्रचण्ड दुवैले सनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्