जनता टाइम्स

१५ चैत्र २०७९, बुधबार ११:१८

घरमा आगलागी हुँदा ११ बालिकाको मृत्यु


रौतहट, १५ चैत । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो ।

ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।