जनता टाइम्स

१९ चैत्र २०७९, आईतवार १६:३६

मेयरले अर्कै ब्यक्तिलाई एसइइ परीक्षा दिन लगाएपछि


रौतहट, चैत १९ । रौतहटको एक नगरप्रमुखले आफ्नो परीक्षा अर्कै ब्यक्तिलाई दिन लगाएको तथ्य खुलेको छ । जारी एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेपछि मेयरको अपराध कर्मको भण्डाफोर भएको हो ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमललाई नियन्त्रणमा लिइएको हो । उकमल गरुडा नगरपालिका–६ का बासिन्दा हुन ।

मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ रहेको छ । गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रसहित साह पक्राउ परेका हुन । साह जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

रौतहट प्रहरीले पक्राउ परेका नक्कली परीक्षार्थी साहमाथि परीक्षा नियमावली अनुसार कारबाही हुने बताएको छ ।