जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार १२:१९

प्रि–ओपन सेसन नेप्सेमा झिनो सुधार


काठमाडौं, २२ चैत । प्रि–ओपन सेसनमा आज सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१५ अंकले वृद्धिभइ १८६६.८२ विन्दुमा आएको छ । यससँगै ८ कम्पनीको एक हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ९७ हजार ४८२ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । एक कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ३ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।