जनता टाइम्स

२३ चैत्र २०७९, बिहीबार १५:४२

कर्णालीका जनतालाई माओवादीले ठग्यो, एमालेको नेतृत्वबिना समृद्ध कर्णालीको सपना साकार हुन्न : पृथ्वीसुब्बा गुरूङ


जुम्ला, चैत २३ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिदेशीकोइसारामा बनेको गठबन्धनबाट मुलुक बन्न नसक्ने बताउनु भएको    

नेकपा एमाले कर्णाली प्रचार बिभागले आज आयोजना गरेको कर्णाली प्रचारभेलामा उपमहासचिव गुरुङले यस्तो बताउनु भएको हो

बिदेसीको दलाली गर्ने उसैको पाउमा पर्नेहरूले मुकुलको हितमा कुनै कामगर्दैन, मुलुक पनि बन्दैन,’ उपमहासचिव गुरुङले भन्नुभयो उहाँले कांग्रेसकोपाउमा पर्ने पार्टी कम्युनिस्ट हुनै नसक्ने ठोकुवा गर्नुभयो

कांग्रेसको पाउमा पर्ने पार्टीहरू कम्युनिस्ट हुनै सकदैन, तिनिहरू कम्युनिस्टआन्दोलनको गद्दार हुन यो तथ्यलाई सवै जनतालाई बुझाउनु पर्छ,’ गुरुङलेभन्नुभयो

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदेसीकै इशारामा एमालेलाईघात गरेर कांग्रेसको पाउमा परेको बताउनर भयो माओवादीले ६० दिन नकटीमित्रघात गरेर शत्रुको पाउमा परेर सिंगो नेपालीको शीर झुकाउने काम गर्यो जनतामाथि घात गर्यो,’ गुरूङले भन्नुभयो

नेकपा एमालेले देश बनाउने नेतृत्वगरेको कारण नै देशीविदेशी प्रतिक्रियावादीले घेराबन्दी गरेको तथ्य राख्नुभयो ।एमाले उपमहासचिव गुरूङले कर्णालीका जनतालाई माओवादीले निरन्तर ठगीरहेको बताउनु भयो

कर्णालीबाट नै माओवादीले युद्द सुरू गर्यो, चुनाव पनिजित्यो तर कर्णालीको बिकाशका लागि कुनै काम गरेन कर्णालीका जनतालाईमाओवादीले लगातार ठग्यो, एमालेको नेतृत्वबिना समृद्ध कर्णालीको सपनासाकार हुन्न,’ एमाले उपमहासचिव गुरूङले भन्नुभयो

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्यद्वय गोरखबहादुर बोगटी,  डा. शिबमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्य बिष्णु रिजाल, नगेंद्र शाही, प्रेस चौतारीनेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रीय प्रचार बिभागका सचिवगगन बिष्ट, नेकपा एमाले जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत एमालेकेन्द्रीय प्रचार बिभागका सदस्य टीका बिष्टले आफ्नो धारणा राख्नुभएकोथियो