काठमाडौं, २३ चैत । गोरखा बुढी गण्डकी करिडोरको माछा खोलामा १३२ केभिए प्रसारण लाईन बन्ने भएको छ । बुढी गण्डकीमा बन्ने भनिएको १२०० मेघावार्ड बाहेक थप १२०० भन्दा बढि आयोजनाहरू रहेको र सबै आयोजनाहरू कन्सट्रक्सन पावरको समस्याले अन्योलता कायम रहेको बेला उक्त्त क्षेत्रमा पिपिए भैसकेका र हुने लाईनमा रहेका हाईड्रो व्यवसायिहरूले आज उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रि शक्त्ति बहादुर बस्नेतसँग भेटघाट गरी छलफल गर्नुभएको छ ।
मन्त्रालयमा भएको भेटमा व्यवसायीहरुले मन्त्री बस्नेतलाई त्यस क्षेत्रमा तत्काल १३२ के भिए प्रसारण लाईनको खाँचो औल्याउनुभएको हो । गोरखाको उत्तरि भेगमा आयोजनाको लाईसेन्स लिएर बस्नुभएको अधिकांस व्यवसायिहरूले त्यस क्षेत्रको समस्या र छिटो हाईड्रो निर्माण हुन नसक्नुको कारणसहितको समस्यामा केन्द्रित भएर विभिन्न भइपरि आउने समस्या र तत्कालको अबस्थाबारे छलफल गर्नुभएको छ । त्यस्तै बुढीगण्डकी करिडोर आयोजना संचालकहरूको समूह समेत निर्माण गर्नुभएको छ ।
आयोजनाका संचालकहरूले मन्त्री बस्नेतलाई बुढीगण्डकी करिडोरमा ट्रान्समिसन लाईनको समस्या हल गर्ने गरि काम भए त्यस क्षेत्रमा तत्काल साना–ठुला गरि १०० मेघावार्ड भन्दा बढि हाईड्रोपावरले तत्काल काम थाल्न सक्ने अवस्था रहेको जानकारि गराउनुभएको थियो । उक्त क्षेत्रमा ४.५५ मेघावाटको हाईड्रो सम्पन्न गरिसकेका युवा व्यवसायी कृष्ण घिमिरे र सरोज धितालसहित अन्य व्यवसायिहरूले ट्रान्समिसन लाईन नै लाईफ लाईन रहेको त्यस भुगोलमा ट्रान्समिसनलाईन बन्नु नै हाईड्रोपावरको क्षेत्रमा क्रान्ति शुरू हुनु हो भनेर बताउनुभएको हो ।
ट्रान्समिसन लाईनको दुरी लामो हुँदा चुहावट र ट्रिप हुने समस्या नै मुख्य भएको भन्दै व्यवसायी मारमा पर्ने गरेको बिकास हाईड्रोपावरको प्रबन्ध निर्देशकसमेत रहनुभएको व्यवसायि घिमिरेले बताउनुभयो । भेटमा मन्त्रि बस्नेतले गोरखाको उत्तरी भुगोल र बुढी गण्डकी आसपास आफु पनि जानकार रहेको र त्यस क्षेत्रको बिकासका लागि हाईड्रोपावरको निर्माणमा महत्वपुर्ण भूमिका हुने बताउनुभयो । उहाँले उक्त्त क्षेत्रको माछा खोलालाई नै प्रसारण लाईनको हब निर्माण गर्नेगरि अघि बढ्ने कुरामा व्यवसायिलाई आश्वासन दिनुभयो । १३२ मात्र नभएर राष्ट्रिय प्रशारण लाईनको नै आवश्यकताको आधारमा काम हुने र गोरखाको त्यस क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेको पनि मन्त्रि बस्नेतले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्