काठमाडौं, चैत २५ । पेशागत महासंघ नेपालको अध्यक्षमा पूण्यप्रसाद ढकाल चयन हुनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट ढकालको नेतृत्वमा ९९ १७ सदस्यीय पदाधिकारी र सदस्यीय केन्दीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।
महासंघको उपाध्यक्षमा भोलानाथ पोखरेल, हरिकुमार श्रेष्ठ र सुशिला श्रेष्ठ चयन हुनुभएको छ भने महासचिवमा केदार देवकोटा चयन हुनुभएको छ । यस्तै उपमहासचिवमा लक्ष्मण बजगाई र कोषाध्यक्षमा श्याम पाण्डे चयन हुनुभएको छ ।
यस्तै गैर भौगोलिकतर्फका तीन सचिवमा कमल पराजुली र हिराबहादुर थापा चयन हुनुभएको छ भने संस्थानतर्फका सचिव रिक्त रहेको छ । यस्तै भूगोलतर्फका ७ सचिव कोशीबाट मुक्ति गौतम, मधेशबाट रामदेव लाल दास, बागमतिबाट श्याम पाण्डे, गण्डकीबाट रामप्रसाद खनाल, लुम्बिनीबाट छवि पाण्डे, कर्णालीबाट शिव सापकोटा र सुदुरपश्चिम प्रदेशबाट रामचन्द्र जोशी चयन हुनुभएको छ ।

महासंघले सात प्रदेशबाट एक जना महिलासहित ४ जना केन्द्रीय सदस्यका दरले २८ जना र खुल्लातर्फ १८ जना महिला र १८ जना पुरुष गरी ३६ जना निर्वाचित गरेको छ । यस्तै पिछडिएको क्षेत्रबाट २, अपांगताबाट १, आदीवासी जनजातीबाट ४, दलिततर्फ ३ र मधेसीतर्फ ४ गरी ९५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । चार सदस्य भने रिक्त रहेका छन ।
महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा राजकुमार गिरी, लखा आयोगको अध्यक्षमा मेघदेव पन्त र निर्वाचन आयोगको अध्यक्षमा उत्तम न्यौपाने चयन हुनुभएको छ । केन्द्रीय सदस्यको नाम भने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्