जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार ११:५७

एमाले सचिव भट्टको निवास पुगे प्रधानमन्त्री प्रचण्ड


धनगढी, चैत २६ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको निवास पुग्नुभएको छ ।

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलमा ओर्लिनु भएका प्रधानमन्त्री प्रचण्ड भट्ट निवास पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुग्नुभयो । उहाँहरुबीच केही समय राजनीतिक छलफलसमेत भएको छ ।