काठमाडौं, चैत २६ । एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ। आइतबार बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटना भएको हो।
इटालियन बेसक्याम्पबाट धौलागिरी बेस क्याम्पमा सामान लिएर जानेक्रममा एभरेष्ट एयरको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो।
उहाँका अनुसार पाइलट सकुशल छन्। पाइलट सामान्य घाइते भएको बताइएको छ। त्यहाँको अवस्था बुझ्न अर्को हेलिकोप्टर गएको छ।
शनिबार दिउँसो पनि ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको थियो। उडान भर्ने क्रममा हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको हो। हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान लागेको थियो।













प्रतिक्रिया दिनुहोस्