इसेवामनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत भोरपुरको भोजपुर बहुमुखी क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ ।
कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमबीच शुक्रबार इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले संस्थाका अध्यक्ष प्रमेश केसी साथै महासचिव संकेत कोईरालालाई CG 65Æ 4K UHG Android TV र स्टेशनरी सामानहरू हस्तान्तरण गर्नुभएको हो ।
यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित “æOrange Vibes– Chords for Cause 2023” कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स Green initiative, Girl education र Financial Literacy क्षेत्रमा सक्रिय रहेको छ ।
स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।













प्रतिक्रिया दिनुहोस्