काठमाडौं, चैत २६ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर हुनुभएको छ ।
उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको हो । न्यायाधीशद्वय ऋषिराम दवाडी र राजेन्द्र खरेलको संयुक्त इजलासले शोभालाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपैयाँ भराउने आदेश दिएको छ ।
उच्च अदालतले उहाँमाथि १० लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको हो । अनि थप ४० हजार रुपैयाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत गरेको छ ।













प्रतिक्रिया दिनुहोस्