काठमाडौं, चैत २७ । नेपाल उद्योग बाणिज्य महासंघको यही चैत्र २९ गते काठमाडौंमा हुन गइरुहेको निर्वाचनमा बस्तुगततर्फ केन्द्रीय सदस्य पदमा नवराज कुँवरले उम्मेद्वारी दिनुभएको छ ।
कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघको निवर्तमान अध्यक्ष समेत रहनुभएका कुँवरले१२३ वस्तुगत संघहरूको तर्फबाट उम्मेदवारी दिनुभएको हो ।
अहिलेको समय सूचना र प्रविधिको हो । सुचना प्रबिधिकोे बिकास बिना देश बिकास सम्भब नहुने भन्दै कुँवरले यसको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउन सरकारसँग सहकार्य गर्ने गरी क्यान महासंघको तर्फबाट उम्मेदवारी दिएको बताउनु भयो ।
सुचना-प्रबिधि तथा यससँग सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित तथा प्रबर्धन गर्न नेपाल उद्योग बाणिज्य महासंघमा हाल भएको संरचनालाई अझै प्रभाबकारी बनाउनका लागि सुचना गेट्बे निर्माण र संचालन गर्न उम्मेद्वारी दिएको उहाँको भनाई छ । नेपालको इण्टरनेट सेवा अत्यधिक करका कारण दक्षिण एसियामै महँगो छ । सूचना तथा सञ्चारलाई सबैको पहुँचमा पुर्याउन रइन्टरनेट गुणस्तरीय र सस्तो बनाउन अहिलेको आवश्यकता रहेको उँहाको भनाई छ
त्यस्तै उँहाले डिजिटल साक्षरता बढाउन, इन्टरनेट गुणस्तरीय र सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्नआफुले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । त्यस्तै, स्टार्ट अप तथा इन्क्यबेटर प्रोजेक्टको प्रवर्धन मार्फत युवामा उद्यमशीलता बिकास गर्न र सुचना तथा सञ्चार प्रविधिमार्फत दिगो, फराकिलो तथा समावेशी आर्थिक एवम् सामाजिक विकासमा योगदान दिन आवश्यक रहेको कुँवरको भनाई छ ।
आयात, निर्यातमा देखिएको समस्या, खुल्ला सिमानाबाट उत्पन्न समस्या, भ्याट, करका समस्याका सन्दर्भमा महासंघको नेतृत्वलाई सजग गराई सरकारसँग समस्या समाधान गर्न पहलगर्ने साथै महासंघको निती र बिधानलाई समय अनुकुल पुनर्लेखनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण गर्न, स्टार्टअप र इन्नोभेसनलाई प्रवर्धन गर्न संस्थाको तर्फबाट कार्यसमिती सदस्यमा कुँवरलाई अगाडि सारिएको क्यान महासंघले जनाएको छ।

कुँवर क्यान महासंघका निबर्तमान अध्यक्ष, सुचना प्रबिधिको अन्तराष्ट्रिय छाता संगठन (एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन ) का उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आइसिटी विकास उपसिमितिका सहसभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आईसीटी अप्टिमिस्ट क्लबअफ काठमाडौंका अध्यक्षसमेत हुनुहुन्छ ।
क्यान महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रुपमा स्थापित नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमाकार्यरत जनशक्ति र विज्ञ, व्यवसायीहरू र संघ संस्थाहरूको छाता संगठन हो ।
महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरतहरूको हकहितका लागि काम गर्दै आएको, सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै सूचना प्रविधि सम्बन्धी नीति तथा कार्यक्रममा नेपाल सरकारलाई आवश्यक सुझाव र सहयोग दिँदै पनि आएको छ ।













प्रतिक्रिया दिनुहोस्